उर्लाबारी । तेस्रोे चरणमा कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा नगरबासीहरुलाई सचेत रहन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले आग्रह गर्नुभएको छ ।
तेस्रो चरणमा पनि कोरोना संक्रमितको संख्या बढिरहेकाले सचेत रहन नगरबासीमा उहाँले आग्रह गर्नुभएको हो । पहिलो चरणमा फैलिएको कोरोना माहामारीको अवस्थामा मेयर फागो स्वम् कोरोना संक्रमित हुनु भएको थियो ।
मेयर फागोले संक्रमितलाई मनोबल उच्च बनाउन सुझाव दिनुभएको छ । कोरोना लागि सकेपछि शरिर कमजोर हँुदै जाने, उर्जा कम हुने जस्ता लक्षण देखिए पनि मनोबल बढाएर नियमित खानपानमा ध्यान दिदाँ र शारिरिक ब्यायाम गरे चाँडै कोरोना निको हुने उहाँको भनाई छ । कोरोना केही हैन सामान्य रूघाखोकी मात्रै हो भन्न नहुने उहाँको सुझाव छ । मेयर फागोले कोरोनाको संक्रमण फैलिन नदिन सचेत र सजग रहन अपिल गर्नुभएको छ । उहाँले भिडभाडमा नजान र जानै पर्ने भए माक्स तथा सेनिटाइजरको प्रयोग गर्न नगरबासीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय