झापा, झापाको बिर्तामोडमा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।
आज बिहान बिर्तामोडस्थित पश्चिम बसस्ट्याण्ड नजिकै फेला परेको बम जस्तो देखिने शंकास्पद बस्तु चारआलीस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको हो । बम जस्तो देखिने बस्तुको नजिकै हिमाल सुरक्षा परिषद्को नामबाट पर्चा छाडेको प्रहरीले जनाएको छ ।
पर्चा पम्प्लेटमा नेपाललाई हिन्दू राज्य कायम गरिनु पर्ने, संघीयता खारेज गरिनु पर्ने लगायतका माग अघि सारेको बताइएको छ ।  बम जस्तो देखिने शंकास्पद बस्तु कस्ले राख्यो भन्ने विषयमा प्रहरीले गहन अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय