काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

केही दिन अघिदेखि ओलीको स्वास्थ्यमा समस्या देखिएपछि हिजो शनिबार पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो । हाल उनीहरु बालकोटस्थित आफ्नै निवासमा होम आइसोलेसनमा बसेर आराम गरिरहेका छन् ।

अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि भएसँगै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन् । ओलीले आज समसामयिक विषयमा पत्रकार सम्मेलन समेत गर्ने भएका थिए । प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन, स्थानीय तह निर्वाचन लगायतका विषयमा आज पत्रकार सम्मेलनमार्फत् एमालेले आफ्नो आधिकारिक धारणा सर्वाजनिक गर्ने भएको थियो ।

यसअघि एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखर र उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई पनि कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय