हाल सारा बिश्व कोरोना भाइरसबाट ग्रसित भइरहेकै बेला रुसले अगस्त ११,२०२० मा आफुले विश्वमा सबैभन्दा पहिलो vaccine निर्माण गरेको रुसका राष्ट्रपति भलादमिर पुटिनले प्रेस मीटमा बताउनु भएको थियो । vaccine निस्केसंगै अब केही लकडाउन खुकुलो होला । दिनाचार्य बिस्तारै सामान्य होला भन्ने सोचेको थिए तर ठिक उल्टो झन खोलेको लकडाउन संक्रमण फैलिएको भन्दै सरकारले फेरि बन्द ग¥यो ।
दोष सरकारलाई दिन चाहन्न । म दोष तीनहरुको छ जो हरेक दिन सामाजिक सञ्जालमा एउटा पेज खडा गरेर कोरोना भन्ने यस्तो, उस्तो । १ लाई लागे १० हुन्छ १० लाई लागे १०० अनि १०० लाई लागे १००० अनि हाम्रो देश इटाली, स्पेन, फ्रान्स जस्तो हुन कुनै बेर लाग्दैन भन्ने खालको जुन भ्रम जनमानिसमा विकास गरियो अनि मानिसमा पनि डरको बिकास भयो । हो भाइरस नआएको होइन अर्को बिलकुल नयाँ छ भिन्न छ तर सधै भरि यसरी घर भित्र बसेर हुन्छ र ?लकडाउन अब खोल्नु पर्छ । १२, २ बजे सम्म होइन अब सबै मानिसमा चेतना भइसकेको अबस्था छ । ६ फुट दुरी कायम गर्नु पर्छ,मास्कको प्रयोग गर्नु पर्छ तर सधैभरि लकडाउनले रोग नियन्त्रण चै होला नहोला तर गरिबी अनि भोकभोकै मान्छेको मृत्यु हुने पक्का छ । ठुलाठुला देश बीचको लडाइँले गर्दा आज हामी चपेटामा परेको भनि पक्कै हो । अब म यति चै म यो लेख मार्फत भन्न चाहन्छु कि नोवेम्बर ३ मा यहाँ अमेरिकामा राष्ट्रपति चुनाब हुन गै रहेको छ,जसरी हाम्रो देश नेपालमा चुनाब ताका नेताहरुले पोल,होमपाइप दिने,बाटो निर्माण गर्ने काम हुन्छ नि हो त्यसरी नै अब आउने नोवेम्बर ३ भन्दा केही अघि मात्रै सुइँको विकास भयो भने पछि त आउने चुनाब जित्ने पनि निश्चित छ । नत्र भने रुसले बनाईसकेको सुईले पनि काम गर्थियो नै होला नि किन हामी सारा विश्व त्यो कुरालाई बिश्वास नगरेको ? यती अमेरिकाले बनाउँदा हो त सारा विश्व खुल्ने थियो । भ्रम त हामी सबैमा छ,मेरो यति मात्रै आग्रह छ कि सबैलाई लकडाउन खोल्नु पर्छ । बिस्तारै पसल,कलकारखानाहरु खोल्नु नै पर्छ । सामाजिक दुरी कायम गर्ने जिम्मेवारी जनताको अनि निगरानी गर्ने सरकारको दायित्व हो । कहिले काँही याद गर्छु त्यो राजधानीको जनजीबन कस्तो होला भनेर रुन मन लाग्छ । त्यति धेरै गाडिका चालक, सह–चालक, काठमाडौंको त्यतिकै धेरै ब्यवस्था कहाँ गयो होला है । गाउँघरमा त जसोतसो जिउनु सजिलो छ आफ्नो बारी मा सागसब्जी सकियो भनि पनि अर्को घरमा जे छ त्यो पाउन सजिलो छ तर काठमाडौंमा त एक रूममा भकोलाई अर्को रूममा बस्नेले चिन्नु पनि गारो छ,अन्तिममा म के भन्न चाहन्छु भने २०१९ मा चै ज्वरो,रुघाखोकी आउँदैन थियो र, के अहिले आएको ज्वरो चै कोरोना नै हुन्छ र ? सामाजिक दुरी कायम गरी लकडाउन खोल्नु पर्छ । मेरो माथी देखि लेखको सारंश पनि यही हो । अन्तिममा यो मेरो वास्तविक बिचार हो,यहाँ लेख्नु पाउनु लोकतन्त्रमा सबैलाई छुट छ,यो मेरो किताब हो अधिकार पनि मेरो नै ।
रोगले होइन भोकले मर्ने बेला भयो
म लकडाउनको बिरोधी
धन्यवाद ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय