दिपेन्द्रबहादुर विश्वकर्मा
उर्लाबारी । मोरङको उर्लाबारी–३ धिमाल जातिय विकास केन्द्रदेखि नयाँ मंगलबारे बीचमा रहेको नर्सरी क्षेत्रमा फोहोरको थुप्रो छ ।
करिब २०० मिटरसम्म महेन्द्र राजमार्गको सडकका छेउछाउमा फोहोर बढेको हो । सफा र स्वच्छ नगर बनाउने अभियानमा रहेको यस नगरमा फोहोर ब्यवस्थापन चुनौति बनिरहेको छ ।
धिमाल जातिय विकास केन्द्र भन्दा थोरै अगाडि दक्षिण तर्फ नमुना टोल पर्छ । उत्तर तर्फ दुई चार वटा होटलहरु संचालनमा छन् । चारैतर्फ नर्सरीले छेकेको स्थलमा न बस्ती छ , न घर छन् तर फोहोर, प्लाष्टिकको थुप्रो देखिन्छ । फालिएका फोहोरमा सिसाका बोतल, प्लाष्टिकजन्य बस्तुहरु, मधुका खोल , बच्चाले प्रयोग गरेका डाइपर जस्ता अन्य किसिमका छन् । कहाँबाट कसले ल्याएर फाल्छ ? कोही जानकार छैनन् । होटलवालाहरुले समेत केही थाहा नभएको र आफुहरुले त्यसरी फोहोर नफालेको बताएका छन् ।
केही समय अगाडि मात्र वडा नं.३ को आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएको थियो तर उक्त स्थलमा सरसफाइ कार्यक्रममा होमिएका अभिन्ताहरु मध्ये कोहि एकको पनि नजर पुग्न सकेन । त्यहाँ जम्मा भएका फोहोर जस्ताका त्यस्तै छन् । देख्दा सामान्य लाग्ने बिषय भए नि बाटो हिँड्ने यात्रुहरुको स्वास्थ्यमा निकै ठूलो असर पुग्ने हुँदा उक्त फोहोर अब कसले ब्यवस्थापन गर्ने भनेर प्रश्न गर्दा जवाफ दिन कोहि पनि छैन । यस बिषयमा जवाफदेही स्थानीय सरकार नै हुनुपर्ने र फोहोरलाई उचित ब्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय