उर्लाबारी । मदन भण्डारी स्मृति प्रतिष्ठानमा कार्यरत उर्लाबारी–५ निवासी ४६ बर्षीय मुक्तिनाथ दाहालले आत्महत्या गरेका छन् ।
झापाको दमक नगरपालिकाको ताराबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको स्वास्थ्य क्याम्पसमा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन् । दाहालले डोरी फेनको हुकमा पासो लगाई आत्महत्या गरेका छन् । भुईमा चप्पल खेलेर टेबुलमा चढेर फेनको हुकमा पासो लगाइएको देखिन्छ । दाहालले आत्महत्या के कारण आत्महत्या गरेका हुन भन्ने बारेमा खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय दमकले घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । दाहाल बिहान अफिस आएर नियमित काममा व्यस्त भएको थिए तर केही घन्टापछि पनि दाहाल नदेखिएपछि खोजी भएको थियो । खोजी गर्ने क्रममा झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ । शवलाई पोष्टमार्टमका लागि लैजाने तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय