उर्लाबारी । अतिथिलाई स्वागत र सम्मान गर्दै माला, खादा, टोपी, ब्याच लगाउने गाउँदेखि सहरसम्मको प्रचलन छँदैछ । विशेषतः प्रमुख अतिथि र कतिपय कार्यक्रममा अतिथिलाई मायाको चिनो वा सौगात दिने क्रम बढ्दो छ । अतिथिलाई दिने मायाको चिनो राम्रो दिनु पर्छ भन्ने आम मान्यता र प्रचलन छ । तर, मोरङको उर्लाबारी–५ मा रहेको सिद्धिविनायक बहुउदेश्यीय सहकारी संस्था लि. ले अकबरे र टिम्बुरको अचार मायाको चिनो दिएको छ ।
सहभागी अतिथि तथा पत्रकारहरुलाई मायाको चिनो स्वरुप अकबरे र टिम्बुरको अचार दिएको हो । स्थानीय उत्पादनको प्रर्वद्धन गर्ने उद्देश्य अनुसार मायाको चिनो अकबरे र टिम्बुरको अचार दिएको अध्यक्ष गणेश खत्रीले जानकारी दिनुभयो । उर्लाबारी–७ का व्यवसायी मनोहरि दाहालले सो अचार उत्पादन गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय