
उर्लाबारी । मधुमल्ला अस्पतालमा सिटामोललगायत औषधिको अभाव नभएको जनाएको छ । सिटामोललगायत औषधिको मौज्दात रहेको मिक्लाजुङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख चिन्तामणि पोख्रेलले बताउनुभयो ।
सामाजिक सञ्जालमा मधुमल्ला अस्पतालमा सिटामोललगायतका औषधि अभाब रहेको खबर सार्वजनिक भएपछि मिक्लाजुङ गाउँपालिका स्वास्थ्य शाखा, मधमुल्ला अस्पतालले सिटामोल आवश्यक अनुसार रहेको जनाएको छ । डेंगुका विरामी पछिल्लो समयमा अत्याधिक बढेकाले सिटामोलको माग पनि बुद्धि भएको प्रमुख पोख्रेलले जानकारी दिनुभयो ।
मिक्लाजुङबासीहरुलाई सहज र सुर्लभ तरिकाले स्वास्थ्य सेवा प्रदान गर्न १५ महिनाअघि मात्रै अस्पतालको स्थापना गरिएको मिक्लाजुङ वडा नं. ९ का वडाध्यक्ष एबं अस्पतालका अध्यक्ष सेमन्तराज दाहालले बताउनुभयो । उहाँले अस्पतालले सकेसम्म मिक्लाजुङबासीहरुलाई छिटो र छरितो सेवा प्रदान गर्न कुनै कसुर बाँकी नराखेको पनि प्रष्ट पार्नुभयो । अस्पतालका बारेमा भ्रम सिर्जना गर्ने खालका प्रचारबाजी नगर्न अनुरोध गर्दै वास्तविकता बुझेर सूचना प्रवाह गर्न पनि उहाँले अपिल गर्नुभएको छ ।
अस्पतालमा कार्यरत डाक्टर अनुपम घिमिरेले पनि बिरामीहरुको सेवामा २४ सैं घण्टा सेवा प्रवाह गर्ने काम गरिरहेको बताउनुभयो ।