उर्लाबारी । पहिचानवादीहरुले पर्यटन, वन तथा वातावरण मन्त्री पाँचकर्ण राई (पिके) लाई कालोमसो दल्ने चेतावनी दिएका छन् ।
मोरङको उर्लाबारीमा भोली हुने उद्योग बाणिज्य संघको कार्यक्रममा आउन लाग्नु भएका मन्त्री राईलाई कालोमसो दल्ने चेतावनी दिइएको हो । जनता समाजवादीका नेता तथा पहिचानवादी केदार धिमालले सामाजिक सञ्जालमार्फत पहिचान विरोधी मन्त्री राईलाई कालोमसो दल्ने कार्यक्रममा सहभागी हुन अपिल नै गर्नुभएको छ । उहाँले लेख्नुभएको छ,‘ पहिचान बिरोधी, हाम्रो आन्दोलन बिरोध ८२ प्रदेश सदस्यमध्ये एक पिके राईको भोलि मिति २०८० असोज ६ गते उद्योग वाणिज्य संघ उर्लाबारीको वार्षिक साधारणसभामा आउने तय भएको हुँदा सम्पूर्ण आन्दोलनकारी मित्रहरुलाई ९ बजे उद्योग बाणिज्य संघको सभा हलमा उपस्थिति भई कालो मसोले स्वागत गर्न हार्दिक अनुरोध गर्दछौं । कोशी नाम मुर्दाबाद । कोशी नाम मान्दैनौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय