उर्लाबारी । मोरङको मिक्लाजुङ क्षेत्रमा परिचित नाम हो, बबी राई । नेपाली कांग्रेस मिक्लाजुङका युवा नेताको रुपमा परिचित राई सामाजिक सेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । आसन्न नेपाली कांग्रेसको अधिवेशनमा मिक्लाजुङ गाउँपालिकाको सभापति पदमा मुख्य दाबेदारको रुपमा हेरिएका युवा नेता राईले नेपाली कांग्रेसका कार्यकर्ताको भावनालाई बुझ्दै अघि बढ्ने बताउनुहुन्छ । पार्टीको विभिन्न पदमा बसेर काम गरिसक्नु भएका राईलाई युवाहरुको साथ र सहयोग रहने देखिन्छ । स्थानीय तह समायोजनपछि साबिक टाँडी, साबिक रमिते, साबिक मधुमल्ला र साबिक जाँतेको केही भाग समायोजन पश्चात बनेको मिक्लाजुङ गाउँपालिकामा कांग्रेसको नयाँ नेतृत्व कस्तो आउँछ भन्ने चर्चाको विषय उठिरहेको बेला युवा नेता राईको चर्चा चुलिएको हो ।
कार्यकर्ता माझ लोकप्रिय छबी बनाउनु भएका राईलाई सबैको साथ र सहयोग रहने देखिन्छ । जनताको हरेक सुख दुखमा सम्भव भए सम्म साथ दिने र समस्यामा परेका हर कोहीलाई जात धर्म र राजनीति भन्दा माथी उठेर सहयोग गर्ने उहाँको कार्यशैलीले सबैको मन जितेको छ । हस्पिटलमा आर्थिक रुपले बिपन्न बिभिन्न बिरामीहरुको उद्दार, सामुदायिक बिद्यालयहरुमा न्यानो कपडा वितरण, रमितेमा छात्रावाससहितको बौद्ध गुम्बा सञ्चालमा ल्याउन पहललगायत विभिन्न गतिबिधिले उहाँलाई लोकप्रिय बनाइरहेको कांग्रेस बृत्तमा चर्चाको विषय छ । राईले कोरोनाको कारणले निषेधाज्ञाको समयमा समस्यामा परेका १ सय घर परिवारलाई २५ केजी चामलसहितको राहत वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय