उर्लाबारी । मोरङको उर्लाबारी–३ मंगलबारेस्थित निलम बचत तथा ऋण सहकारी संस्थाको १३ औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष प्रभू दिलुङ्गछा राईको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो । संस्थाको सभाहलमा भएको साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता , उत्कृष्ट ऋणी र उत्कृष्ट वाल बचतकर्तालाई सम्मान गरिएको छ । वार्षिक प्रगति प्रतिवेदन र नीति तथा कार्यक्रम, आर्थिक प्रतिवेदन तथा बजेट प्रस्तुत र लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदन छलफलपछि पारित भएको सचिब सञ्जिब बुढाथोकीले जानकारी दिनुभयो । संस्थामा १ हजार १ सय ३८ जना शेयर सदस्य रहेका छन् भने शेयरपूँजी २८ लाख २४ हजार ५ सय रहेको छ । साधारणसभामा प्रस्तुत प्रतिवेदनमा १ करोड १७ लाख २५ हजार ७ सय ३८ रुपैयाँ बचत निक्षेप रहेको छ । साधारणसभा उर्लाबारी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको थियो भने संस्थाका पूर्वअध्यक्ष रोमन थापामगर, सञ्चार क्लब नेपालका अध्यक्ष कुमार खड्का, पूर्वअध्यक्ष घनश्याम भण्डारी, सरोज बस्नेतलगायतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन सचिब सञ्जिब बुढाथोकीले गर्नुभएको थियो ।
























