उर्लाबारी । जनता समाजवादी पार्टीले उर्लाबारी वडा नं. २ मा नगरअध्यक्ष मात्रिका धिमाललाई उम्मेद्वारी बनाउने घोषणा गर्दै चुनाबी अभियानमा होमिएको छ ।
जसपाले उर्लाबारी वडा नं. २ मा आफ्नो पार्टीको वडाध्यक्ष उम्मेद्वारलाई सघाउने पार्टीलाई अन्य वडामा सघाउने सन्देशसहित उम्मेद्वार घोषणा गरेको जानकार स्रोत बताउँछ । उर्लाबारी वडा नं. २ साविक वडा नं. ७,८ र ९ मिलेर बनेको वडा हो । यो वडामा धिमाल समूदायको निर्णायक बन्ने देखिन्छ । त्यसैकारण पनि जसपाले धिमाल समूदायमा लोकप्रिय युवा मात्रिकालाई अघि सारेको छ । प्रदेश नं. १ का स्वास्थ्य मन्त्री जयराम यादबकै उपस्थितिमा मात्रिकालाई वडाध्यक्षको उम्मेद्वार घोषणा गरेसँगै वडा नं. २ को चुनाबी सरगर्मी बढेको छ । अन्य पार्टीलाई उम्मेद्वारतय गर्न सकस परिरहेको छ ।
मात्रिकाको सम्भावना कति ?
जनता समाजवादी पार्टी एक्लै वडा नं. २ मा प्रतिष्पर्धामा उत्रिएको अवस्थामा मात्रिकाको वडाध्यक्ष बन्ने सम्भावना न्यून देखिन्छ । विगतको नतिजा हेर्दा यहाँ नेपाली कांग्रेस, एमाले र नेकपा माओवादीकै पकड देखिन्छ । यी तीन दलमध्ये कोहीसँग चुनाबी गठबन्धन भएको अवस्थामा मात्रिकाको पल्लाभारी हुने सम्भावना पनि उत्तिकै छ । किन भने मात्रिका वडाबासीमाझ परिचित र उर्जाशिल युवा पनि हुनुहुन्छ ।
२०७४ को वडाको मत फर्केर हेर्दा
२०७४ सालको स्थानीय तहको निर्वाचन हेर्दा वडा नं. २ मा नेपाली कांग्रेस नै बलियो देखिन्छ । नेपाली कांग्रेसका राजनकुमार कँडेलले १ हजार १ सय ९८ मत ल्याए विजयी हुनुभयो भने नेकपा एमालेका हेमचन्द्र थापाले ८ सय ५२ मत ल्याउनुभएको थियो । थापा नेकपा एमलेबाट बाहिरिएर हाल नेकपा एकीकृत समाजवादीमा हुनुहुन्छ । त्यस्तै, नेकपा माओवादी केन्द्रका पदम राईले ६ सय ३७ मत लगाउनुभएको थियो । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का सुरेन्द्र धिमालले ७९ मत ल्याउनुभएको थियो । राप्रपाका दुर्गा खतिवडाले ५४, जनजागरण पार्टी नेपालका बलबहादुर मादेनले १८ र स्वतन्त्र पुन्यप्रसाद भट्टराईले आफ्नो मात्र मत पाउनु भएको थियो । यो नतिजा हेर्दा यस पटक कांग्रेसका उम्मेद्वारलाई पराजित गर्न सबै एक हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय