उर्लाबारी । निर्वाचन आयोगले मंसिर २ गते प्रदेश र संघको निर्वाचन गर्न प्रस्ताब राखेको छ । सोही समय आसपासमै निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी छ ।
यसैक्रममा मोरङ क्षेत्र नं. १ को संघीय सांसदको उम्मेद्वार को को हुने हुन् भन्ने चासोका साथ हेरिएको छ । नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नं. १ मा डिगबहादुर लिम्बू र खड्ग फागोमध्ये एक जनाले टिकट पाउने देखिन्छ । लिम्बू जिल्ला सभापति र फागो प्रदेश नं. १ का सह–महामन्त्री हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा लिम्बू दोस्रो बन्नु भएको थियो भने यस पटकको स्थानीय तह निर्वाचनमा फागो उर्लाबारी नगरपालिकाको मेयरमा पराजित बन्नु भएको थियो । कांग्रेसको ठूलो समूह फागोलाई हराउन मोर्चाबन्दी गरेरै लागेको थियो । त्यसको बाबजुद पनि फागोले समानजक मत ल्याउनुभएको थियो । यता एमालेबाट वर्तमान संघीय सांसद घनश्याम खतिवडाकै सम्भावना बलियो देखिएको छ । खतिवडासँगै पूर्वमन्त्री डा. शिवमाया तुम्बाहाम्फेको नाम पनि चर्चामा छ । खतिवडा यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनबाट विजयी हुनुभएको थियो । तुम्बाहाम्फे समानुपातिक सांसद हुनुहुन्छ ।
त्यस्तै, नेकपा माओवादी केन्द्रबाट कुलप्रसाद साम्बा लिम्बू (कुशल), प्रेम मिभक, नगेन्द्र धिमालको नाम अघि सारिएको छ । लिम्बू मोरङ क्षेत्र नं. १ क का प्रदेश सांसद हुनुहुन्छ भने नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य पनि हुनुहुन्छ । प्रदेश सांसद हुँदा लिम्बूले लोकप्रिय काम गर्नुभएको छ । त्यस्तै, मिभक र धिमाल माओवादी केन्द्रको प्रदेश सदस्य रहनुभएको छ । त्यस्तै, नेकपा एकीकृत समाजवादीबाट पनि संघीय सांसदमा उपेन्द्र घिमिरेलगायतलाई अघि सार्ने सम्भावना छ । घिमिरे प्रदेश नं. १ ख का प्रदेश सांसद र सञ्चार तथा यातायात मन्त्रीसमेत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय