उर्लाबारी । मोरङको उर्लाबारी–६ स्थित न्यू सिद्धार्थ क्लबको आयोजनामा सुरु भएको युथ–१३ तथा युथ–१५ फुटबल प्रतियोगिता सुरु भएको छ ।
हिजोदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल आगामी कात्तिक २१ गते सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा युथ–१५ तर्फ ८ टोली र युथ–१३ तर्फ ६ टोली सहभागी छन् । खेल संयोजक सचिन लिम्बूका अनुसार दमक नगरपालिकाबाट २, मिक्लाजुङ गाउँपालिकाबाट २ र उर्लाबारी नगरपालिकाबाट ३ टोलीले प्रतियोगितामा सहभागिता जनाएका छन् । प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलमा युथ–१५ तर्फ डी–५ एकेडेमी दमक र गुड लक फुटबल क्लब मिक्लाजुङ विजयी भएका छन् । त्यस्तै, युथ–१३ तर्फ गुड लक फुटबल क्लब र डी–५ एकेडेमी दमकले जित निकालेका छन् ।
युथ–१५ तर्फ डी–५ एकेडेमीले आयोजक न्यू सिद्धार्थ क्लबलाई ३–० गोल अन्तरले पराजित ग¥यो । अर्को खेलमा गुड लक फुटबल क्लबले उर्लाबारीको डीभी मार्ग एफसीलाई ३–१ गोल अन्तरले हरायो । त्यस्तै, युथ–१३ तर्फ गुड लक एफसीले आयोजक सिद्धार्थ क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दा दमकको डी–५ एकेडेमीले सिद्धार्थ क्लब ‘ए’ लाई समान ४–० गोल अन्तरले हरायो । तल्लो तहबाटै फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले स्थानीय बालबालिका तथा किशोरकिशोरीको खेल प्रतिभा पहिचान र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।























