उर्लाबारी । तत्कालीन राजा वीरेन्द्रबिर विक्रम शाहको परिवारको हत्या भएको २२ वर्ष वितिसकेको छ । २०५८ साल जेठ १९ गते राति नारायणहिटी राजदरबारमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रसहित राज परिवारका आठजनाको हत्या भएको थियो ।
राजपरिवारका सबै सदस्य सहभागी भएको रात्रिभोजमा भएको हत्याकाण्ड अहिलेसम्म कसरी भयो भन्ने तथ्य सार्वजनिक हुन सकेको छैन । दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशमात्र सकिएन यो षड्यन्त्रको पर्दाफास हुन नसक्दा आजसम्म घटनामाथि आशंका बाँकी नै छन् । दरबार हत्याकाण्डपछि नेपालमा राजसंस्था नै इतिहास बनिसक्दासमेत यसको यथार्थ सार्वजनिक हुन सकेको छैन । घटनाको विषयमा बनेका छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरे पनि त्यसमाथि धेरैले विश्वास गर्न सकेका छैनन् ।
दरबार हत्याकाण्डपछि नारायणहिटी राजदरबारलाई संग्राहलयमा परिणत गरिएको छ । वीरेन्द्रको परिवारले प्रयोग गरेका केही सामग्री संरक्षित भएका छन् भने हत्या भएको स्थान वीरेन्द्र सदन भने भत्काइएको छ । लोकप्रिय राजा वीरेन्द्रको वंशनाशपछि जनताको आदर सम्मान गुमाएको २५० वर्ष पुरानोे शाहवंशीय राजतन्त्रविरुद्ध लाखौं जनता सडकमा उत्रे र तत्कालिन राजा ज्ञानेन्द्रबिर विक्रम शाहलाई राजगद्धीबाट हटाउन सफल भए । २०६२ चैत २४ गतेबाट सुरु भएको जनआन्दोलन २०६३ साल बैशाख ११ गते सकिएको थियो । दोस्रो जनआन्दोलन अन्तिम दिन बैशाख ११ गतेलाई लोकतन्त्र दिवसको रुपमा मनाइने गरिन्छ । २५० बर्षको राजतन्त्र अन्त्य भएपनि अझैपनि पूर्व राजा बिरेन्द्रबिर विक्रम शाहको परिवारको विषयमा चासो र चर्चा हुने गर्दछ । सवारी साधनमा समेत पूर्व राजा विरेन्द्रको परिवारको पोष्ट अझै देख्न सकिन्छ । जनताको प्रिय राजा थिए बिरेन्द्रबीर विक्रम शाह । उहाँप्रति जनताको आदर र प्रेम अझै पनि देख्न सकिन्छ । मोरङको उर्लाबारी–३ मा सञ्चालनमा आएको प्रार्थना रिसोर्टमा पनि पूर्व राजा बिरेन्द्रको परिवारको पूर्णकदको शालिक राखिएको छ । निकै आकर्षक ढंगले निर्माण गरिएको ती शालिकले बिरेन्द्रको परिवारप्रति अझैपनि जनताको आदर र प्रेम छ भन्ने पुष्टी गर्छ ।
यो तत्कालिन राजा वीरेन्द्रबिर विक्रम शाहको शालिक हो । निकै आकर्षक तरिकाले बनेको छ । शालिकमा पूर्व राजा विरेन्द्रले दौरासुरुवाल, कोट, टोपी र चस्मा लगाएको देख्न सकिन्छ । पूर्वराजा विरेन्द्रकै दायाँतर्फ पूर्व रानी ऐश्वर्यको पूर्णकदको शालिक छ । साडीमा सजिनु भएकी पूर्व रानी ऐश्वर्यको शालिक पनि निकै आकर्षक देखिन्छ । त्यसपछि युवराज दीपेन्द्रको पूर्णकदको शालिक रहेको छ । दिपेन्द्रलाई छोटो समय राजा समेत बनाइएको थियो । तर, दिपेन्द्रले राजाको शासन सत्ता चलाउने अवसर पाएनन् । दरबार हत्याकाण्डमै उनको मृत्यु भएको थियो । दिपेन्द्रलाई हस्पिटलमै राजा घोषणा गरिएको थियो । श्रुतिराज्य लक्ष्मी देवी शाहको पनि पूर्ण कदको शालिक रहेको छ भने युवराज निराजन विक्रम शाहको पनि पूर्ण कदको शालिक रहेको छ ।
प्रार्थनाले उर्लाबारीमै पहिलो पटक भि.आर. गेम जोन समेत सञ्चालन गरिएको छ । यसका अलबा प्रार्थनामा राष्ट्र र राष्ट्रियता झल्किने बास्तुकलासहित ऐतिहासिक स्थलहरु, गौतमबद्ध, शिबलगायतको मूर्तिहरु रहेका छन् । ३ विगाहा क्षेत्रफलमा फैलिएको उक्त सुविधा सम्पन्न सेमिनार हल, पार्टी प्यालेस, रेष्टुरेण्ड एण्ड बार, लज , बार बि क्यु, फुटसल, भलिबल, बास्केटबल, टेबल टेनस, स्केटिङ्,पेन्ट बल, स्नोकर र क्रिकेट लगायतका खेलको लागि छुट्टाछुट्टै प्लेग्राउण्ड रहेको छ । यस्तै, बौद्धनाथ, घण्टाघर, धरहरालगायत रहेका छन् । यस्तै, प्रार्थनामा बालबालिकाहरुका लागि स्विमिङ अलवा छुट्टै बाल मनोरञ्जन कक्ष समेत रहेको छ । सवारी साधनको लाइसेन्स परीक्षण स्थल समेत रहेको छ । साँझ ६ बजेदेखि स्थानीय चर्चित ब्याण्डहरुको सांगीतीक प्रस्तुति समेत रहने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय