झापा, । नेपाल पथ पार्टीले आफ्नो संगठनात्मक संरचनालाई विस्तार तथा सुदृढ बनाउने उद्देश्यले प्रदेश प्रमुख, उपप्रमुख तथा विभिन्न विभागीय प्रमुखहरूको जिम्मेवारी बाँडफाँट गरेको छ।

झापाको बिर्तामोडमा पार्टी अध्यक्ष दुर्गा प्रसाईको सभापतित्वमा हिजो र आज सम्पन्न पार्टीको प्रथम केन्द्रीय समिति बैठकले उक्त जिम्मेवारी बाँडफाँट गर्नुका साथै आगामी मंसिर ७ गते झापाको दमकमा पार्टीको प्रथम घोषणा सभा आयोजना गर्ने निर्णयसमेत गरेको छ। बैठकले कोशी प्रदेश प्रमुखमा प्रेम थापा मगर, मधेश प्रदेश प्रमुखमा देवी संग्रौला, बागमती प्रदेश प्रमुखमा दिलिपबहादुर बस्नेत, लुम्बिनी प्रदेश प्रमुखमा माधव कल्पित, गण्डकी प्रदेश प्रमुखमा ऋषि चापागाईं र सुदूरपश्चिम प्रदेश प्रमुखमा मीना कँडेललाई जिम्मेवारी दिएको छ।

त्यसैगरी पार्टीले खेलकुद, महिला, सांस्कृतिक, नीति तथा प्रविधि, राजनीतिक प्रशिक्षण, वार्ता तथा संवाद, संगठन समन्वय, आर्थिक तथा वित्तीय पीडित न्याय, राष्ट्रिय सुरक्षा, यातायात, अनुशासन र कृषि लगायतका विभागहरू गठन गरी विभागीय जिम्मेवारीसमेत बाँडफाँट गरेको छ।

खेलकुद विभाग प्रमुखमा डा. ओमकृष्ण प्रसाई, महिला विभाग प्रमुखमा एनी कुँवर, सांस्कृतिक विभाग प्रमुखमा दिनेश पाख्रिन, वार्ता, संवाद, समन्वय, संगठन तथा अनुगमन विभाग प्रमुखमा राजु आचार्य, आर्थिक तथा वित्तीय पीडित न्याय विभाग प्रमुखमा देवी संग्रौला, यातायात विभाग प्रमुखमा नारायणप्रसाद भट्टराई, अनुशासन विभाग प्रमुखमा दिलिपबहादुर बस्नेत र कृषि विभाग प्रमुखमा गणेशलाल डोम्ब्रेलाई जिम्मेवारी प्रदान गरिएको छ।

बैठकले आगामी मंसिर ७ गते दमकमा आयोजना हुने प्रथम घोषणा सभालाई व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाउने, संगठन विस्तारलाई तीव्रता दिने तथा प्रदेश, जिल्ला र स्थानीय तहसम्म पार्टीको सांगठनिक संरचना निर्माण गर्ने विषयमा समेत निर्णय गरेको छ।

प्रथम घोषणा सभामार्फत पार्टीको राजनीतिक उद्देश्य, विचार, नीति, कार्यक्रम तथा भावी कार्यदिशा सार्वजनिक गरिने तयारी रहेको जनाइएको छ।

बैठकले नवनियुक्त प्रदेश तथा विभागीय पदाधिकारीहरूलाई आ–आफ्नो जिम्मेवारीअनुसार संगठन निर्माण, जनसम्पर्क विस्तार र पार्टीका घोषित उद्देश्य तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

नेपाल पथ पार्टीको प्रथम केन्द्रीय समिति बैठकले गरेका निर्णयसँगै आगामी मंसिर ७ गते दमकमा हुने प्रथम घोषणा सभालाई पार्टीको औपचारिक सार्वजनिक राजनीतिक कार्यक्रमका रूपमा अघि बढाउने तयारी गरेको छ।

प्रदेश तथा विभागीय जिम्मेवारी विवरण
१. कोशी प्रदेश
प्रदेश प्रमुखः प्रेम थापा मगर
उपप्रमुखहरूः मधुकर सिटौला,
सदर सरत तामाङ,
शिरिङ डोल्मा
२. मधेश प्रदेश
प्रदेश प्रमुखः देवी संग्रौला
उपप्रमुखहरूः नरेश साह,
हरि मैनाली,
विद्यालाल गुप्ता,
अशोक यादव
३. बागमती प्रदेश
प्रदेश प्रमुखः दिलिपबहादुर बस्नेत
उपप्रमुखहरूः तेजिन्द्र रायमाझी
दिवाकर मानसिंह बस्नेत
सरु सुवेदी
४. लुम्बिनी प्रदेश
प्रदेश प्रमुखः माधव कल्पित
उपप्रमुखहरूः शंकर कोइराला,
शाहादत्त अलिगद्दी,
कमला चन्द,
शारदा बिक
करुणा कुँवर,
अम्बिका कार्की
५. गण्डकी प्रदेश
प्रदेश प्रमुखः ऋषि चापागाईं
उपप्रमुखहरूः रमेश मल्ल
शान्ति केसी
केयरमान श्रेष्ठ
६. सुदूरपश्चिम प्रदेश
प्रदेश प्रमुखः मीना कँडेल
उपप्रमुखः गणेश ताम्राकार

विभागीय जिम्मेवारी
७. खेलकुद विभाग
विभाग प्रमुखः डा. ओमकृष्ण प्रसाई
८. महिला विभाग
विभाग प्रमुखः एनी कुँवर
उपप्रमुखहरूः समुन्द्र लामा, बिमला कँडेल, करुणा कुँवर, दानु थापा, प्रमिला शाही, इन्दु पाण्डे, रमिला सिलवाल, छिरिङ डोल्मा, लक्ष्मी राजवंशी, मीना राउत, बिमला अधिकारी, मीना खाँड
९. सांस्कृतिक विभाग
विभाग प्रमुखः दिनेश पाख्रिन
उपप्रमुखहरूः राजु श्रेष्ठ
पुष्पराज भण्डारी
ज्ञानेन्द्रकुमार श्रेष्ठ
१०. झण्डा, ब्यानर तथा भौतिक सामग्री संरक्षण समिति
विभाग प्रमुखः किशोर आचार्य
११. नीति, प्रविधि तथा राजनीतिक प्रशिक्षण विभाग
निशान पौडेल
सावित्रा क्षेत्री
रोशन खड्का
१२. वार्ता, संवाद, समन्वय, संगठन तथा अनुगमन विभाग
विभाग प्रमुखः राजु आचार्य
सदस्य सचिवः रञ्जन खड्का
१३. आर्थिक, बैंक, लघुवित्त तथा सहकारी वित्तीय पीडित न्याय विभाग
विभाग प्रमुखः देवी संग्रौला
१४. राष्ट्रिय सुरक्षा विभाग
दुरेन्द्र राई
दानबहादुर नेउपाने
१५. यातायात विभाग
विभाग प्रमुखः नारायणप्रसाद भट्टराई
१६. अनुशासन विभाग
विभाग प्रमुखः दिलिपबहादुर बस्नेत
सदस्यः गणेशबहादुर श्रेष्ठ
सचिवः विजय तिमल्सिना
१७. कृषि विभाग
विभाग प्रमुखः गणेशलाल डुम्रे
उपप्रमुखः प्युर महतो
१८– केन्द्रीय सचिवालय
प्रमुख – माधब कल्पित
सदस्य – गणेशबहादुर श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय