उर्लाबारी । मोरङको उर्लाबारी–४ स्थित उर्लाबारी बहुमुखी क्याम्पस कक्षा १२ मा अध्यनरत छात्रा उर्लाबारी–३ मंगलबारे निवासी १९ बर्षीया पूजा पोडैल सम्पर्क विहीन भएकी छिन् ।
मंगलबार बिहान करिब ५ः०० बजे कलेज गएकी छात्रा पौडेल हालसम्म पनि सम्पर्कमा नआएको पारिवारिक स्रोतले जनाएको छ । मंगलबार कलेज पुगेको र विहान १० बजेसम्म कलेज अगाडि नै छात्रा पौडेललाई देखेको बताइएको छ । त्यसपछि छात्रा पौडेल कता गइन् भन्ने बिषयमा खुल्न सकेको छैन । परिवारले दिएको जानकारी अनुसार कोही आफन्तको घरमा भेटिएकी छैनन् । इलाका प्रहरी कार्यालय उर्लाबारीले पनि खोजी कार्य गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय