उर्लाबारी । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङको धनकुटाको छिन्ताङमा सरुवा भएको छ ।
इलाका प्रहरी कार्यालय छिन्ताङ, धनकुटामा नेम्बाङको सरुवा भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय प्रबन्ध शाखा विराटनगरबाट काज सरुवामा आउनु भएका नेम्बाङले छोटो समयमै उर्लाबारीमा शान्ति सुरक्षाको जनतालाई प्रत्याभूति दिलाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । नेम्बाङको उर्लाबारीबाट सरुवा भएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगा मानव श्रोत व्यवस्थापन शाखाबाट देबेन्द्र दास उर्लाबारी प्रहरीको कमाण्ड सम्हाल्न आउने हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय