उर्लाबारी । तल्लो तहबाटै फुटबल खेलाडी उत्पादन गर्ने तथा नयाँ प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले मोरङको उर्लाबारीमा युथ–१३ र युथ–१५ फुटबल प्रतियोगिता सुरु भएको छ ।
उर्लाबारी–६ स्थित न्यू सिद्धार्थ क्लबको खेलमैदानमा सोमबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन युवा समाजसेवी सचिन शाक्यले गर्नुभयो । उद्घाटन कार्यक्रममा उर्लाबारी–६ का वडा सदस्य बमबहादुर श्रेष्ठ, उर्लाबारी–५ की वडा सदस्य देविकला राई, मोरङ फुटबल संघका उपाध्यक्ष विशाल तामाङ, युवा समाजसेवी कबिहाङ फागो तथा अनलाइन टिभी पत्रकार संघ मोरङका अध्यक्ष रमेश भण्डारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सरोज बस्नेतले गर्नुभएको थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक न्यू सिद्धार्थ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापाको दमक टोलीले विजयी सुरुवात गरेको छ । प्रतिस्पर्धात्मक खेलमा आयोजक टोलीलाई गोल गर्न नदिँदै दमकले जित आफ्नो पक्षमा पारेको हो । न्यू सिद्धार्थ क्लब उर्लाबारी–६ को आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको मुख्य प्रायोजक उर्लाबारी–६ का युवा व्यवसायी, समाजसेवी एवं नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सचिन शाक्य रहनुभएको छ । त्यसैगरी, उर्लाबारी–६ को वडा कार्यालय सहप्रायोजक रहेको छ । प्रतियोगितामार्फत फुटबलमा रुचि राख्ने बालबालिका तथा किशोरकिशोरीभित्र लुकेको प्रतिभा पहिचान गरी उनीहरूलाई खेल क्षेत्रमा अघि बढ्न प्रोत्साहित गर्ने लक्ष्य राखिएको क्लबका संयोजक कमलेस राईले जानकारी दिनुभयो ।
ग्रासरुट तहबाटै खेलाडी उत्पादन र फुटबलको जग बलियो बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले स्थानीय बालबालिका तथा युवामा फुटबलप्रतिको आकर्षण बढाउनुका साथै भविष्यका प्रतिभावान् खेलाडी उत्पादनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय