सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही पुरी टोलबाट सशस्त्र प्रहरीले ६ किलो गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा चौकी लौकहीबाट खटिएको टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ५० एएल ४५३६ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो ।
सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक लव सापकोटाका अनुसार शङ्कास्पद रूपमा भारततर्फ जाँदै गरेको मोटरसाइकल जाँच गर्दा सिटमुनि लुकाएर राखिएको अवस्थामा ६ किलोग्राम गाँजा फेला परेको थियो । गाँजा बरामद भएपछि मोटरसाइकलमा सवार व्यक्ति, मोटरसाइकल र गाँजा नियन्त्रणमा लिइएको सापकोटाले जानकारी दिए ।नियन्त्रणमा लिइएका व्यक्ति, बरामद गाँजा र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।























