उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघ व्यवस्थापन समितिका अध्यक्ष तारामान सिरिङ्ग लिम्बू नेपाल उद्योग वाणिज्य महासंघको परिषद् सदस्यमा मनोनित हुनुभएको छ ।
उद्योगी तथा व्यवसायीको हकहितका लागि लामो समयदेखि सक्रिय लिम्बू महासंघको परिषद् सदस्यमा मनोनित हुनुभएको हो । उहाँको निर्वाचितसँगै उर्लाबारीका उद्योगी तथा व्यवसायीका स्थानीय मुद्दा राष्ट्रियस्तरको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थासम्म पु¥याउने अपेक्षा गरिएको छ । लिम्बूले उर्लाबारी क्षेत्रमा उद्योग तथा व्यापारको विकास, व्यवसायीका समस्या समाधान र निजी क्षेत्रमैत्री वातावरण निर्माणका विषयमा काम गर्दै आउनुभएको छ । महासंघको परिषद् सदस्यका रूपमा निर्वाचित भएपछि लिम्बूले उद्योगी–व्यवसायीका समस्या, व्यवसाय सञ्चालनका चुनौती तथा निजी क्षेत्रको विकाससँग सम्बन्धित विषयलाई सम्बन्धित निकायसम्म पु¥याउन भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।























