उर्लाबारी । उर्लाबारी नगरपालिकाका प्रथम मेयर खड्ग फागो हुनुहुन्छ । उहाँ दोस्रो पटकमा लागि पनि उर्लाबारीको मेयर पदको उम्मेद्वार बन्नु भएपनि पराजित बन्नुभयो ।
नेपाली कांग्रेसबाट उम्मेद्वार बन्नु भएका फागो नेकपा एमालेका गंगाप्रसाद खरेलसँग पराजित बन्नुभयो । फागोलाई हराउन कांग्रेसकै नेताहरु खुलेरै लागेका थिए । प्रभावशाली नेताको छबी बनाउनु भएका फागोलाई पार्टीभित्रकै नेताहरुले हराएको भन्दै मोरङ क्षेत्र नं. १ को प्रतिनिधिसभाको उम्मेद्वार बन्ने कार्यकर्ताहरुले दबाब दिइरहेका छन् ।

हालसम्म उर्लाबारीबाट प्रतिनिधिसभाको निर्वाचनमा उर्लाबारीबाट उम्मेद्वार नबनेको भन्दै यस पटक उर्लाबारीबाट प्रतिनिधिसभाको उम्मेद्वार बन्नु पर्ने मत बलियो छ । त्यस अर्थमा पनि फागोको नाम प्रतिनिधिसभाको उम्मेद्वारमा अघि सारिएको छ । फागोले भने उम्मेद्वार बन्ने वा नबन्ने विषयमा आफ्नो धारणा राख्नुभएको छैन । फागो मेयरमा पराजित भएपछि पार्टीलाई मजबुद बनाउन र सुद्धिकरण अभियानमा लागि पर्नुभएको छ । अहिले पार्टीको दैनिकी पार्टी कार्यकर्ताहरुसँग भेटघाटमै वित्ने गरेको जानकार स्रोत बताउँछ । नेपाली कांग्रेस प्रदेश नं. १ को सह–महामन्त्रीसमेत रहनुभएका फागो मोरङ क्षेत्र नं. १ मा जनमत बलियो भएको नेताको रुपमा हेर्ने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय