मोरङको उर्लाबारीमा तास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले सोमबार राति ११ः३० बजे उर्लाबारी नगरपालिका–७ स्थित डिक खड्कीको घरमा सञ्चालित मोबाइल जोन पसलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उक्त पसलमा तास खेल भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक नवीन वलीको कमाण्डमा १० जनाको टोली परिचालन गरिएको थियो । प्रहरी टोलीले पसलभित्र तास खेलिरहेको अवस्थामा १० जनालाई फेला पारेको जनाएको छ ।
नियन्त्रणमा लिइएकाहरूमा उर्लाबारीका जलन ठटाल ९२००, सुमन ढकाल ९२५०, सुभाष शर्मा ९२४०, निरोज धिमाल ९२६०, रोशन शर्मा ९२५०, कमल ढुङ्गाना ९२०० र किरण ढुङ्गाना ९२५० रहेका छन् । त्यस्तै, झापाको दमकका विनोद ढकाल ९२६० र दीपक चौधरी ९२५० तथा पसल सञ्चालक रतुवामाई नगरपालिका–९ का विवेक बराल ९३८० पनि पक्राउ परेका छन् ।
प्रहरीले उनीहरूको साथबाट नगद १२ हजार ६ सय २२ रुपैयाँ र तासका पाँच बुङ बरामद गरेको छ । नियन्त्रणमा लिइएका सबैलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना भएको स्थान इलाका प्रहरी कार्यालय उर्लाबारीबाट करिब पाँच सय मिटर पश्चिममा पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय