
उर्लाबारी । उर्लाबारी नगरपालिकाको आठौँ नगरसभामा आगामी आर्थिक वर्ष २०७९÷८० को आज नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।
मेयर गंगाप्रसाद खरेलको अध्यक्षतामा आज बसेको आठौँ नगरसभामा नीति तथा कार्यक्रम उपप्रमुख मिना खतिवडा पौडेलले गर्नुभयो ।
नगरपालिकाले कृषि विकास, सिंचाई, पशुंपक्षी सेवा, पर्यटन विकास, सहकारी क्षेत्रको सुदृढिकरण, रोजगार प्रबद्र्धन, स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाई, शिक्षा, महिला बालबालिका अपांगता तथा जेष्ठ नागरिक, आदिवासी जनजाति दलित मधेशी मुस्लिम तथा पिछडा वर्ग, युवा तथा खेलकुद विकास, जनसंख्या व्यवस्थापन, सामाजिक सुरक्षा कार्यक्रम, भौतिक पुर्वाधार, बिद्युत तथा बैकल्पिक उर्जा, बस्ती विकाश तथा शहरी पुर्वाधार, लागत सहभागिता, विपद् व्यवस्थापन, नदी नियन्त्रण तथा भू–संरक्षण, वन वातावरण तथा जलवायु परिवर्तन, फोहोर मैला व्यवस्थापन, राजश्व, सुचना प्रविधि तथा अभिलेख व्यवस्थापन, आर्थिक प्रशासन, विविध र विविधि शिर्षकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । असार १० गते शुक्रवार बजेट सार्वजनिक हुनेछ ।