उर्लाबारी । मोरङ क्षेत्र नं. ५ बाहेक क्षेत्रमा सत्ता गठबन्धन दलहरुबीच प्रतिनिधिसभा सदस्य उम्मेद्वारका विषयमा सहमति जुटेको छ ।
मोरङ क्षेत्र नं. १, २, ३ र ६ कांग्रेसको भागमा परेको छ भने ४ नेकपा माओवादी केन्द्रको भागमा कुरा मिलेको जानकार स्रोत बताउँछ । ५ मा भने नेकपा माओवादी केन्द्र र जनता समाजवादी दलको दाबी देखिएको छ । यो क्षेत्र पनि माओवादीको भागमा पर्ने बताइएको छ । मोरङमा २०७४ सालको निर्वाचनमा दुई सिट जितेको माओवादीको भागमा यस पटक पनि दुई सिट पर्ने निश्चित छ । माओवादीले मोरङ क्षेत्र नं. ४ बाट अमनलाल मोदी र ५ बाट शिबकुमार मण्डललाई उम्मेद्वार बनाउने छ । त्यस्तै, मोरङ क्षेत्र नं. १ मा कांग्रेसबाट डिगबहादुर लिम्बू र जयधर्म आचार्यको मुख्य दाबी छ । तर, लिम्बूले यस पटक उम्मेद्वारी पाउने बताइन्छ । लिम्बू डा. शेखर कोइराला समूहका हुनुहुन्छ ।
त्यस्तै, मोरङ क्षेत्र नं. २ मा कांग्रेसबाट सुजता कोइराला र डा. मिनेन्द्र रिजालको दाबी छ । यस पटक कोइरालाले टिकट हत्याउने सम्भावना छ । कोइराला देउवा समूहकी हुनुहुन्छ । त्यस्तै, क्षेत्र नं. ३ मा सुनिल शर्माको मात्रै दाबी छ । शर्मा डा. शेखर कोइराला समूहका हुनुहुन्छ । त्यस्तै, क्षेत्र नं. ६ बाट स्वम् डा. शेखर कोइराला उम्मेद्वार बन्ने पक्का छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय