उर्लाबारीमा खानेपानी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित समाजसेवी महेन्द्र कार्की अध्यक्ष पदमा उम्मेद्वार बन्नुभएको छ । उर्लाबारी–७ निवासी कार्की लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएको परिचित नाम हो ।
यही चैत्र २८ गते हुने उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराउनुभएका कार्कीले शुद्ध खानेपानीमा सबैको सहज पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसअघि संस्थामा लेखा संयोजकको जिम्मेवारी सम्हालिसक्नु भएका उहाँले संस्थाको संरचना, समस्या र सम्भावनाबारे राम्रो अनुभव हासिल गर्नुभएको छ । डेढ दशक प्रहरी सेवामा बिताउनुभएका कार्की सेवा निवृत्तिपछि शिक्षण पेशामा समेत आवद्ध रहनुभयो । उहाँले उर्लाबारी–७ स्थित राधिका माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष, पञ्चेश्वर सहकारीका अध्यक्ष तथा सिद्धी विनायक गणेश मन्दिरका अध्यक्षजस्ता महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसक्नुभएको छ । कार्कीले उपभोक्ताको घरदैलोमै पुगेर सहज र सरल तरिकाले सेवा प्रवाह गर्ने लक्ष्यसहित आफ्नो उम्मेद्वारी प्रस्तुत गरेको बताउनुभयो । ‘खानेपानी सेवा जनताको आधारभूत अधिकार हो, यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न म प्रतिबद्ध छु,’ उहाँले भन्नुभयो । उहाँको अनुभव, सक्रियता र स्पष्ट योजनाका कारण खानेपानीको हितमा जित्नै पर्ने उम्मेद्वारका रूपमा कार्कीलाई हेरिएको छ । उर्लाबारीका उपभोक्तामाझ उहाँले भरोसायोग्य र परिणाममुखी नेतृत्व दिने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय