सरोज उर्लाबारी । १ नम्बर प्रदेशका यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरे मोरङ क्षेत्र नं. १ (२) बाट प्रदेशसभा सदस्यको उम्मेद्वार बन्नुभएको छ । बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेद्वार बन्नु भएका मन्त्री घिमिरे २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट सानदार मतका साथ विजयी हुनुभएको थियो । नेकपा एमाले विभाजन भएपछि नेकपा एकीकृत समाजवादी रोज्नु भएका घिमिरे प्रदेश सरकारको यातायात व्यवस्था तथा सञ्चार मन्त्री बन्नुभयो । उहाँ प्रदेश सरकारको प्रवक्ता पनि हुनुहुन्छ ।
मोरङ क्षेत्र नं. १ (२) को विकासमा अहोरात्र खट्ने मन्त्री घिमिरे नै पुनः सोही क्षेत्रबाट प्रदेशसभा सदस्यको उम्मेद्वार बनेपछि स्थानीयमा उत्साह जागेको छ । मन्त्री भइसक्नु भएका घिमिरे नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्रीको दाबेदारका रुपमा पनि हेरिएको छ । यस कारणपनि घिमिरेको उम्मेद्वारीले थप उत्साह थपेको छ । निडर र हक्की स्वभावका मन्त्री घिमिरेले मोरङ क्षेत्र नं. १ (२) को विकासमा ठूलो बजेट भित्र्याउन सफल बन्नु भएको छ । मोरङको कर्णाली भनेर चिनिने यो क्षेत्रको विकासमा ठूलो लगानी आवश्यक रहेको छ । त्यसकारण पनि पुनः एक पटक मन्त्री घिमिरेलाई विजयी गराउन सबै जुट्न आश्यक रहेको स्थानीय बताउँछन् ।
को हुन् त घिमिरे ?
बुवा रामप्रसाद घिमिरे र आमा नरबदा घिमिरेको कोखबाट २०२० जेष्ठ १ गते ताप्लेजुङ ,थुम्बेदिन ( हाल याङबरक) मा जन्म लिनुभएका उपेन्द्रप्रसाद घिमिरेको प्रारम्भिक शिक्षा प्रकाशपुर सुनसरीबाट भएको थियो भने एसएलसी शारदा मा.बि. धनकुटा र स्नातक तह महेन्द्र मोरङ बिराटनगर गर्नुभएको थियो । २०३७ विद्यार्थी संगठन अनेरास्ववियूबाट प्रकाशपुर सुनसरीबाट राजनीति यात्रा सुरु गर्नुभएका घिमिरे तत्कालीन जाँते गाबिस अध्यक्ष २०४९ देखि २०५९ दुई कार्यकाल , २०७४ मा प्रदेश सभा सदस्य , २०७८ माघ २३ देखि हालसम्म प्रदेश १ को यातायात व्यवस्था तथा सञ्चार मन्त्री र प्रवक्ता रहनुभएको छ । उहाँ नेकपा एकीकृत समाजवादीको प्रदेश १ कमिटी सदस्यसमेत रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय