उर्लाबारी । उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल एक महिनासम्म कुनै पनि कार्यक्रममा सहभागी नहुने हुनुभएको छ ।
नगरप्रमुखको सचिवालय उर्लाबारीले सामाजिक सञ्जालमै सूचना गरी कुनै कार्यक्रम, सभा – समारोह, विवाह, पार्टी, भोजलगायतका सार्वजनिक कार्यक्रममा सहभागिता जनाउन असमर्थ रहेको उल्लेख गरिएको हो ।
मंगलबार साँझ एक नगर प्रमुखको सचिवालयले एक सुचना जारी गर्दै मंसिर २८ गतेदेखि पुस २८ गतेसम्म ‘जनतासंग जनप्रतिनिधि’ कार्यक्रम संचालन भइरहेकाले यस अवधिभर महत्वपूर्ण जनसरोकारका कामबाहेक कुनै पनि कार्यक्रममा सहभागी नहुने जनाइएको छ ।
नगरप्रमुखको सचिवालय उर्लाबारीमा यस्तो पोष्ट भएको छ

नगरबासीहरुमा हार्दिक आग्रह !
आदरणीय उर्लाबारीबासी बुवाआमा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुचित गरिन्छ कि स्थानीय तह तपाईहरुकै भरोसाको केन्द्र हो । उर्लाबारी नगरपालिका कार्यालयबाट हुने दैनिक सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्ने प्रण गर्दछौ । जनप्रतिनिधि हुनुका नाताले जनहितमा गरिने दैनिक कार्यसम्पादनमा व्यवधान उत्पन्न नहोस् भन्नेमा नगरप्रमुख ज्यु सचेत र सजग हुनुहुन्छ । विकास निर्माण लगायत प्राथमिकताका विषयलाई निर्धारित समयमै सम्पन्न गर्नुपर्ने चुनौतीहरु छन् । मंसिर २८ गतेदेखि पुस २८ गतेसम्म ‘जनतासंग जनप्रतिनिधि’ कार्यक्रम संचालन भइरहेको अवगत गराउन चाहन्छौ । अतः यस अवधिभर महत्वपुर्ण जनसरोकारका कामबाहेक कुनै कार्यक्रम, सभा – समारोह, विवाह, पार्टी, भोजलगायतका सार्वजनिक कार्यक्रममा सहभागिता जनाउन उहाँ असमर्थ हुनुहुन्छ । कृपया आतिथ्यता ग्रहणका लागि नगरप्रमुख ज्युलाई निमन्त्रणा गर्ने कष्ट नगरिदिनुहुन सबैमा विनम्र अनुरोध गर्दछौ ।
– नगर प्रमुखको सचिवालय, उर्लाबारी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय