उर्लाबारी । मोरङको उर्लाबारीमा भएको प्रथम उर्लाबारी भेट्रान फुटबल प्रतियोगिताको फाइनल खेलमा मर्यादाक्रमको खिल्ली उडाइएको छ ।
नेपाल सरकारद्धारा राजपत्रमा प्रकाशित मर्यादाक्रममा पनि नगरप्रमुखको तुलनामा प्रदेशसभा सदस्य अगाडि छ । तर, नगरप्रमुख गंगाप्रसाद खरेल प्रमुख अतिथि भएको कार्यक्रममा प्रदेशसभा सदस्य उमाकान्त गौतम बिशिष्ट अतिथि हुनुहुन्थ्यो । प्रस्ताविक समानुपातिकबाट प्रदेशसभा सदस्य विद्या चाम्लिङ पनि बिशिष्ट अतिथि हुनुहुन्थ्यो । चाम्लिङलाई निर्वाचन आयोगले प्रदेश सांसद घोषणा गर्न बाँकी रहेकाले उहाँ बिशिष्ट अतिथि स्वभाविक हो । तर, प्रत्यक्षबाट निर्वाचित प्रदेश सांसद गौतमलाई बिशिष्ट अतिथिमा राख्नु आयोजकको कमजोरी देखिन्छ । १४ नम्बरमा प्रदेशसभा सदस्यको मर्यादाक्रम छ भने नगरपालिका प्रमुखको २० नम्बरमा छ । आगामी दिनमा यस्ता कार्यक्रम गर्दा मर्यादाक्रम आयोजकले ख्याल गर्ने की ?























