उर्लाबारी । मोरङको उर्लाबारीमा निलडेभिड युनिसेक्स हेयर सलोन एण्ड ब्युटी पार्लर र ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ ।
उर्लाबारी–७ स्थित मिनी मार्केटमा सञ्चालनमा आएको सो ट्रेनिङ सेन्टरको हेयर स्टाइलिष्ट निलडेभिड कटुवाल र उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिनादेवी पौडेल खतिवडाले उद्घाटन गर्नुभएको हो । नेपाल र भारतका विभिन्न स्थानमा शाखा विस्तार गरिरहेका निलडेभिडले उर्लाबारीमा फ्रेञ्चाइजीका रुपमा नयाँ सेलुन सञ्चालनमा ल्याउनुभएको छ ।
उर्लाबारीकी मिरा बस्नेतले निलको फ्रेञ्चाइजी ब्राण्ड सञ्चालनमा ल्याउनुभएको छ । हेयर स्टाइलप्रेमीहरुलाई लक्षित गरी यो फ्रेञ्चाइजी ब्राण्ड सञ्चालनमा ल्याइएको निलडेभिड कटुवालले बताउनुभयो । निलडेभिडले युवायुवतीमा हेयर फेशनप्रतिको रुची बढेको पाइएको सञ्चालक मिरा बस्नेतको भनाई छ । सो सैलुनबाट महिला र पुरुष दुवैको अनुहार र शरीर सुहाउँदो हेयर स्टाइल, हेयर स्ट्रेट, फेसियल, मेकअप, मेहेन्दी, नेलआर्ट लगायतका सेवा उपलब्ध गराइने उहाँले बताउनुभयो । महिला र पुरुषलाई एकै छानामुनि अन्तर्राष्ट्रियस्तरको आधुनिक कपाल र सौन्दर्य सम्बन्धी सेवा प्रदान गर्ने हेतुले सैलुन सञ्चालनमा ल्याएको उहाँको भनाई छ ।
निलडेभिडको काठमाडौं र मोफसलमा बाहेका भारतका विभिन्न सहरमा पनि सैलुन सञ्चालन गरिरहेका छन् । बस्नेतले पथरीशनिश्चरेमा पनि निलडेभिड युनिसेक्स हेयर सलोन एण्ड ब्युटी पार्लर र ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय