उर्लाबारी । मोरङको उर्लाबारीकी नेतृ शोभा चेम्जोङ पालुङ्वा र विद्या चाम्लिङ समानुपातिकबाट प्रदेश सांसद बन्नु भएको छ ।
आज निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरेको हो । अन्तिम नतिजामा दुबै जनाको नाम समावेश भएको छ । ४७ बर्षीया चेम्जोङ नेपाली कांग्रेस र ५६ बर्षीया चाम्लिङ नेकपा (एकीकृत समाजवादी) समानुपातिक कोटातर्फबाट प्रदेश सांसद बन्नु भएको छ । उर्लाबारी–५ निवासी चेम्जोङ सामाजिक सेवासँगै राजनीतिमा सक्रिय रहनु भएको थियो भने चाम्लिङ लामो समयदेखि शिक्षण पेशामा आबद्ध रहँदै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँहरु दुबै जना प्रदेश सांसद बनेसँगै उर्लाबारीमा तीन जना प्रदेश सांसद बन्नु भएको छ । यसअघि नेकपा एमालेबाट प्रत्यक्षतर्फ उमाकान्त गौतम निर्वाचित हुनुभएको थियो । उहाँ उर्लाबारी वडा नं. ८ निवासी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय