उर्लाबारी । लामो समयदेखि शैक्षिक क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका पाँच जना शैक्षिक ब्यक्तित्वहरुले मोरङको उर्लाबारीमा टेक्निकल इन्स्टीच्युट अफ मल्टि एजुकेशनल स्किल्स (टाइम्स) सञ्चालनमा ल्याउनुभएको छ ।
उर्लाबारीका दुर्गाप्रसाद पौडेल, नवराज भट्टराई, प्रेमराज शर्मा, उद्धब मिश्र र अभिमन्यु अर्यालको संयुक्त लगानीमा टाइम्स सञ्चालनमा ल्याएको हो । उर्लाबारी–७ मा सञ्चालनमा ल्याइएको टाइम्समा कम्प्युटर कोर्ष, बिज्ञान विज कोर्ष, अंग्रेजी, जापनिज, कोरियन, हिब्रू भाषा कक्षा सञ्चालन भइरहेको कम्पनीका अध्यक्ष प्रेमराज शर्माले जानकारी दिनुभयो । विभिन्न विषयका ट्यूसन तथा कोचिङ कक्षाहरुसमेत सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।
विभिन्न स्थानीय तहसँगको सहकार्यमा क्षमता विकास र स्वरोजगारमूलक तालिमसमेत दक्ष प्रशिक्षकबाट प्रदान गर्ने सञ्चालक दुर्गाप्रसाद पौडेलले जानकारी दिनुभयो । लोक सेवाका कक्षा, बैंकिङ, परामर्शलगायतका सेवा पनि दिने उहाँको भनाई छ । आईईएलटीएस, पिटीई, टोफेल र जिआरईको कक्षासमेत सञ्चालनमा रहेको उहाँले बताउनुभयो । टाइम्सले दक्ष र अनुभबी प्रशिक्षक तथा शिक्षकहरुबाट गुणस्तर शिक्षा प्रदान गर्नेे सञ्चालक नवराज भट्टराईले दाबी गर्नुभयो । उहाँका अनुसार अन्य इन्स्टीच्युटभन्दा पृथक टाइम्स बन्ने छ ।
भट्टराई लामो समयदेखि उर्लाबारी क्षेत्रमा रहेर पत्रकारिता गर्दै आउनुभएको छ । भट्टराईसँग १६ बर्ष शिक्षण पेशा गरेको अनुभव छ । त्यस्तै, दुर्गाप्रसाद पौडेल २५ बर्षदेखि शैक्षिक क्षेत्रमै कार्यरत रहनुभएको छ भने प्रेमराज शर्मा विगत १० बर्षदेखि शिक्षण पेशामा आबद्ध रहनु भएको छ । त्यस्तै, उद्धब मिश्रसँग ८ बर्ष र अभिमन्यु अर्यालसँग ५ बर्षदेखि शैक्षिक क्षेत्रमा रहेर काम गरेको अनुभव छ । अन्य विषयका लागि दक्ष र अनुभवी शिक्षक तथा प्रशिक्षकको ब्यवस्था मिलाएको सञ्चालक अभिमन्यु अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय