उर्लाबारी । भारतीय बोइलर कुखुरा अबैध तरिकाले भित्रिएका कारण कृषकहरु मर्कामा परेको भन्दै एक युवाले फार्मको कुखुरा कटिङ गर्दै उपभोक्तालाई सिधै विक्री गर्न थाल्नुभएको छ ।
डिलरहरुले भारतबाट अबैध तरिकाले ल्याएको कुखुरा सस्तोमा किन्ने र कृषकले पालेको जिउँदो कुखुरा २ सयभन्दा बढी रकम हाल्न इन्कार गरेपछि मोरङको उर्लाबारी चौकमै कटिङ गरेर प्रतिकेजी ३ सयका दरले उपभोक्तालाई ती युवाले विक्री गर्न थाल्नुभएको हो । उर्लाबारी–७ का युवा दिनेश श्रेष्ठले बजार मूल्यभन्दा ८० रुपैयाँ सस्तोमा कटिङ गरेर बोइलर कुखुराको मासु बेचिरहनुभएको छ । उर्लाबारी चौकको होलिडे होम अगाडि श्रेष्ठले आजदेखि कुखुरा काटेर बेच्न थाल्नु भएको छ । उहाँले डिलरहरुले कृषकहरुलाई मर्का पारेको भन्दै उपभोक्तालाई सस्तोमा मासु विक्री थालेको बताउनुभयो । भारतबाट अबैध तरिकाले आयात हुने बोइलर कुखुरा रोक्न नसके स्थानीय कुखुरा पालक कृषकहरु संकटमा पर्ने उहाँको भनाई छ । श्रेष्ठसँग दुई हजार बोइलर कुखुरा रहेका छन् । उहाँले उपभोक्तालाई सस्तोमा मासु विक्री अभियान कुखुरा नसकिएसम्म जारी राख्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय