उर्लाबारी । शालिन छविकी नेतृ हुनुहुन्छ, शोभा चेम्जोङ पालुङ्वा । नेपाली कांग्रेसतर्फबाट प्रदेश नं. १ मा समानुपातिक प्रदेश सांसद बन्नुभएको छ ।
नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि उहाँ नेपाल महिला संघको केन्द्रीय सदस्य भई काम गरिसक्नुभएको छ । महिला सशक्तिकरणका सवालमा सशक्त आवाज उठाउँदै आउनु भएकी पालुङ्वा महिला अधिकारकर्मीको रुपमा परिचित हुनुहुन्छ । उर्लाबारी– ५ निवासी पालुङ्वा एकल महिला हुनुहुन्छ ।
कांग्रेस क्षेत्रीय सभापति रहनु भएका उहाँका श्रीमान सनम पालुङ्वाको अल्पायुमै निधन भएपछि राजनीतिमा होमिनु भएको थियो । हाल एक छोराका साथमा जीवन निर्वाह गर्दै आउनुभएकी उहाँ कांग्रेस राजनीति र महिला हकहितका सवालमा आफूलाई समर्पित गरेको बताउनुहुन्छ । सरल र मिलनसार स्वभावकी पालुङ्वा निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम सूचीमा समावेश भएसँगै प्रदेश सांसद बन्नु भएको छ ।























