उर्लाबारी । सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुले राजनीति दलको झोला बोकेर कुदे कार्वाही गर्ने उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलले बताउनुभएको छ ।
आज उर्लाबारी वडा नं. ५ मा जनतासँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै नगरप्रमुख खरेलले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा नगरपालिका लागि परेको उल्लेख गर्दै राजनीति दलको झोला बोकेर कुद्ने शिक्षकहरुलाई कार्वाही गर्ने बताउनुभएको हो । विद्यालय समय छोडेर केही शिक्षकहरु राजनीति दलको कार्यक्रम, सहकारीको भेला बैठक तथा जग्गा नाप्नसमेत जाने गरेको पाइएपछि उर्लाबारी नगरपालिकाले एक्सन लिने तयारी थालेको छ । नगरप्रमुख खरेलले उर्लाबारीका सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि अभिभावक, विद्यार्थी, जनप्रतिनिधि सबै लागि पर्नु पर्नेमा जोड दिनुभयो । शिक्षकहरुको क्षमता विकास, भौतिक संरचनालगायत विषयमा पनि नगरपालिकाले गम्भिर रुपमा सोचिरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय