उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरिरहेको छ ।
शनिबार उर्लाबारी वडा नं. ५ मा जनतासँग जनप्रतिनिधि कार्यक्रम भएको हो । उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिनादेवी पौडेल खतिवडा, वडाध्यक्ष रविन लामा, सदस्यहरु देबिकला राई, विनोद धिमाललगायतको उपस्थितिमा भएको उक्त कार्यक्रममा स्थानीयबासीहरुले गुनासा राखेका थिए । सडक ग्राभेल, डे«न, मल, विउ, तालिम, सडक बत्तीलगायतका बारेमा स्थानीयबासीहरुले आफ्ना भनाई राख्नु भएको थियो ।
उर्लाबारी नगरपालिकाका नगरप्रमुख खरेलले जनताबाट आएका समस्या समाधान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । समृद्ध उर्लाबारी बनाउने अभियानमा लागि परेको उल्लेख गर्दै जनताका गुनासो सुन्न टोल टोलमा जनतासँग जनप्रतिनिधि कार्यक्रम थालिएको उहाँले बताउनुभयो । स्रोत साधनले भ्याएसम्म विकास निर्माणका कामहरुलाई प्राथमिकताका आधारमा अघि बढाउने उहाँले बताउनुभयो । सामुदायिक विद्यालय र स्वास्थ्य क्षेत्रको विकास गर्न नगरपालिका लागि परेको नगरप्रमुख खरेलको भनाई छ ।
त्यस्तै, उपप्रमुख मिनादेवी पौडेल खतिवडाले पनि जनतालाई बढीभन्दा बढी सेवा प्रदान गर्न नगरपालिका तयार रहेको बताउनुभयो । वडाध्यक्ष रविन लामाले वडाबासीबाट आएका समस्या समाधानमा वडा कार्यालय र नगरपालिका लागि पर्ने बताउनुभयो ।
उर्लाबारी नगरपालिकाले वडा नं. २ बाट जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरुवात गरेको र पौष महिनाभर सञ्चालनमा रहने नगरपालिकाका प्रेस संयोजक मिलन के राउतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय