काठमाडौं, नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने भएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि गठबन्धनका दलसँग संवाद गर्ने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता प्रकाशशरण महतले ठुलो दलको हैसियतले पार्टीले नै सरकारको नेतृत्व पाउनुपर्ने निष्कर्षका साथ कांग्रेसले यस्तो निर्णय गरेको जानकारी दिए । यस्तै संसदीय दलको चुनावका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको पनि उनले बताए ।

यसैगरी सातै प्रदेशमा संसदीय दलको नेता चयनका लागि प्रदेश कार्यसमितिलाई निर्देशन दिने निर्णय भएको महतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय