उर्लाबारी । प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङ्वालाई भब्य स्वागत गरिएको छ । काठमाडौंमा प्रदेशसभा सदस्यको प्रमाणपत्र ग्रहण गरेर फर्किनु भएका चेम्जोङलाई विराटनगर विमानस्थलमा भब्य स्वागत गरिएको हो । उर्लाबारीबाट पुगेका शुभेच्छुकहरुले खदा, माला र अबिर लगाएर चेम्जोङलाई बधाई तथा शुभकामना दिएका छन् । ठूलो समूहमा पुगेका शुभेच्छुकहरुबाट विराटनगर विमानस्थलमा घेरिनु भएकी उर्लाबारी–५ निवासी चेम्जोङले जनताको हितमा रहेर इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँलाई नेपाली कांग्रेसले समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य बनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय