नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार निर्माणको दौड हालै सम्पन्न विश्वकप फुटबलको फाइनल जस्तै भएको टिप्पणी गरेका छन् ।

‘हालै सन्पन्न वर्ल्डकप फुटबलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’सम्मै उस्तै रोमाञ्चक हुन लागेको हो ?’ भट्टराईले फेसबुकमा लेखेका छन् ।

विश्वकपको फाइनलको निर्धारित ९० मिनेटको अन्तिम समयमा फ्रान्सले लगातार दुई गोल गर्दै बराबरी गरेसँगै खेल निकै रोमाञ्चक बनेको थियो । अतिरिक्त ३० मिनेटको समयमा पनि बराबरी भएपछि पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गरेको थियो ।

अहिले सरकार निर्माणको खेल पनि त्यस्तै बन्न लागेको हो भन्दै भट्टराईले प्रश्न गरेका हुन् ।

कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाडेपछि माओवादी केन्द्र गठबन्धन छाडेर एमालेसँगको छलफलमा छ । बालकोटमा अहिले एमाले, माओवादी केन्द्र, रास्वपा र जनमत पार्टीका नेताहरूको बैठक बसिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय