काठमाडौं,संघीय संसदको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस प्रमुख प्रतिपक्षि दल बन्ने भएको छ । आज (आइतबार) बालकोटमा नयाँ गठबन्धन बनेसँग कांग्रेस प्रतिपक्षि दल बन्ने भएको हो ।
आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीको बैठक थियो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।
त्यस्तै बैठकमा प्रधानमन्त्रीमा माओवादी केन्द्र र राष्ट्रपतिमा नेकपा एमाले हुने सहमति भएको छ । चार पार्टीको बैठक अघि एमाले अध्यक्ष ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनबीच पनि सत्ता सहकार्य गर्ने समझदारी भएको थियो ।























