उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिकाले मधुमल्ला बजार क्षेत्रमा भएको सडकको अवरोधहरु हटाउन थालेको छ ।
मिक्लाजुङ गाउँपालिकाका नगर प्रहरीसहितको टिमले सडकको अवरोध हटाउन थालेको हो । सडक मिचेर बनेका संरचनासमेत हटाउन थालिएको गाउँपालिका अध्यक्ष बबीकुमार राईले जानकारी दिनुभयो । मिक्लाजुङलाई सुन्दर शहर बनाउने अभियान स्वरुप सडकको अवरोधहरु हटाउन थालेको उहाँको भनाई छ ।
सार्वजनिक सम्पत्तिको दुरुप्रयोग कसैले गर्न नहुने र सडक क्षेत्र खाली गराउने अभियान थालेको उपाध्यक्ष दिनेश पौडेलले जानकारी दिनुभयो । जनताको पक्षमा रहेर सधैं जनहितका काममा लागि पर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय