आज विहान नै देखि दिउँसो भरी झापाका निराकार पाण्डेले आफ्नो छोरालाई दिएको एउटा भिडियो सन्देश भाईरल नै भएको छ। उनले विहान सबेरै दिएको भिडियो सन्देश भाईरल हँुदा सम्म उनी यस संसारबाट बिदा भैसकेका छन्।
घटना के हो भने कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा गए राती आगलागी हुँदा उनले त्यहीबाट आफ्नो परिवार र छोराको नाममा भिडियो मेसेज गरेका हुन। होटलमा आगलागी हुँदा आफ्नो ज्यान जोगाउँन नसक्ने निर्णय गर्दै उनले आफूले वढि माया गर्ने नेपालमा रहेका ९ वर्षीय छोरालाई कारुणिक सन्देश पठाएका हुन।सन्देशमा उनले मेरो आँखाको बाबु, म तिमीलाई धेरै माया गर्छु । बाबा अलवेज लभ्स यु भनेका छन।
त्यसपछि उनले छोरालाई सम्झाउँदै ‘सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न भनेर भिडियो सन्देश दिएका छन। उनले आफू बसेको होटलमा आगलागी भएपछि आफू बाँच्न नसक्ने भन्ने थाहा पाए पछि भाइवरमा डेढ घण्टा आफ्नो परिवारसंग भिडिओमा कुराकानी गरेका थिए।
पाण्डेले आफ्ना बुबा अग्नि पाण्डे, आमा, श्रीमती, ९ वर्षीय छोरा, दाइ र भाइहरूसँग कुराकानी गरेका थिए। उनी आफूले चाहेर पनि यो संसारमा रहन नसक्ने भएको हुँदा जीवनको अन्तिम क्षणमा परिवारसंग कुराकानी गरेको भिडियो भाईरल नै भयो। झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेले आफू बसेको १२ औ तल्लाको झ्यालबाट कुराकानी गरेको देखिन्छ। सायद आफ्नो मनको कुरा परिवारसंग गरी सकेपछि आगलागीबाट बाच्न सकिन्छ कि भनेर १२ औ तल्लाबाट हामफाले तर उनी बाँच्न सकेनन् तुरुन्तै उनको ज्यान गयो।
होटलमा लागेको आगो निभाउन उद्धारकर्मीहरू आए पनि सफल नभएपछि बाँच्नको लागि उनले अन्तिम उपाय हामफालेको देखिन्छ। आफ्नो ज्यान जाने नै पम्का भएपछि उनले आफ्नो साथीभाई परिवारसंग भिडियो कुराकानी देखि सन्देश पठाएका थिए। यती सम्म कि आफ्नो सब सकुशल नेपाल पठाईदिने व्यवस्था गर्नु होला भनेर उनले सम्बन्धीत निकायलाई अनुरोध पनि गरेको देखिन्छ।
थाइल्यान्डको सिमानामा रहेको कम्बोडियाको पोइपेट सहरको ग्रान्ड डायमन्ड सिटी होटल र क्यासिनोमा हिजो राती भएको आगलागीमा परेर झापा, बिर्तामोडका निराकार पाण्डेले ज्यान गुमाएका हुन।उनका परिवारका अनुसार निराकार थाइल्यान्डबाट घुम्न भनेर कम्बोडिया पुगेका थिए। उनी होटलको १२ औं तल्लामा बसेका थिए। आगलागी भएपछि होटलबाट बाहिर निस्कने खोजे पनि उनी असमर्थ भएका हुन। आगो निभाउन १२ घण्टाभन्दा बढी समय लागेको थियो। थाइल्याण्डका वारुणयन्त्र पनि आगो निभाउन पोइपेट पुगेका थिए। उक्त आगलागीबाट कम्तीमा १९जनाको मृत्यु भएको समाचारमा उल्लेख छ।
नागरिकबाट























