उर्लाबारी । मोरङको मिक्लाजुङमा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेको लहर चलेको छ ।
शनिबार माओवादी केन्द्र मिक्लाजुङ वडा नं. ७ को आयोजनामा भएको कार्यक्रममा विभिन्न पार्टी छोडेर २१ जनाले पार्टी प्रवेश गरेका हुन् । जनता समाजवार्दी पार्टी मिक्लाजुङका सचिब रोविन कोयू राई, नेकपा एमालेका सुरेन्द्र खालिङ राईसहित भिमा शिवा, हुमा खड्का, सावित्रा बोहोरा, देवी थापा, लक्ष्मी खत्री, कमला पौडेल, कमला बुढाथोकी, पवन तामाङ। नविन कार्की, मुना कार्की, रिता कटुवाल, जानुका दाहाल, राधिका कटुवाल, थामकुमारी राई, लिजा कार्की, सर्मिला पौडेल, कर्ण भण्डारी, मेनुका थापा र जानुका सापकोटा माओवादीमा प्रवेश गर्नुभएको मिक्लाजुङ अध्यक्ष उमेश राईले जानकारी दिनुभयो । पार्टीका केन्द्रीय सदस्य कुलप्रसाद साम्बा (कुशल) को प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा मिक्लाजुङ अध्यक्ष उमेश राई, सह–इन्चार्ज गंगाप्रसाद भण्डारी, युवा नेता राजन नेम्बाङलगायतले बोल्नुभएको थियो ।
केन्द्रीय सदस्य कुशलले पार्टी संगठन विस्तारमा ब्यापक रुपमा लाग्न निर्देशन दिनुभयो । पार्टीका वडा नं. ७ का अध्यक्ष दिपेन थापाको सभापतित्वमा भएको उक्त कार्यक्रम सञ्चालन सचिब विजय दाहालले गर्नुभएको थियो ।
























