उर्लाबारी । उर्लाबारीका अधिकांश भित्री सडकहरुमा जथाभावी निर्माण सामग्री थुपारिँदा दुर्घटनाको जोखिम बढेको छ ।
भित्री सडकहरुमा जथाभावी निर्माण समाग्री राख्दा दुर्घटनाको जोखिम बढेको हो । निर्माण व्यवसायी र उपभोक्ताहरुले ढुंगा, गिट्टी, बालुवा र रड लगायतका घर तथा भवन निर्माण सामाग्रीहरु जथाभावी राख्ने गरेका छन् । यसले बजारक्षेत्रका भित्री सडकहरुमा दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् । उर्लाबारीका अधिकांश भित्री सडकहरुमा जथाभाबी भवन निर्माणका सामाग्री थुप्रिएका छन् ।
भित्रि सडकहरुमा राखिएका निर्माण सामग्रीहरुले एकातिर बजारको सौन्दर्यता कुरुप बनाएको छ भने अर्कोेतिर दुर्घटनाको जोखिम बढेको छ । निर्माण ब्यवासायीले सडकलाई सामान भण्डारणको स्थल बनाउँदा बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् ।
यसअघि उर्लाबारी नगरपालिकाका तत्कालिन मेयर खड्ग फागोले जथाभाबी थुपारेका निर्माण सामाग्रीहरु नगरपालिकाले जफत गर्न नगर प्रहरीलाई निर्देशन दिनुभएको थियो । तर, अहिलेको नेतृत्वले उक्त कार्यलाई निरन्तरता नदिँदा अहिले जथाभाबी निर्माण सामाग्रीहरु थुपारिएको छ । यस्तै, विहे वा अन्य कार्यक्रम हुँदासमेत सडक बन्द गराएर त्रिपाल तथा टेन्ट टाग्ने प्रवृत्ति बढेको छ । यसप्रति जनप्रतिनिधिहरुले चासो दिन आवश्यक देखिन्छ । यस विषयमा उर्लाबारी नगरपालिकाले कुनै चासो दिएको छैन ।























