उर्लाबारी । मोरङको उर्लाबारी गरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलले कर्मचारी र जनप्रतिधिहरुले योजनाबाट कमिसन लिने गरेको खुलाशा गर्नुभएको छ ।
उर्लाबारी–२ मा आयोजित जनतासँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै उहाँले ८ देखि १० लाखमा बन्ने कल्र्भटमा २५ देखि ३० लाख बजेट विनियोजन गरेर कर्मचारी र जनप्रतिनिधिले कमिसन लिने गरेको खुलाशा गर्नुभएको हो ।
नगरप्रमुख खरेलले धेरै वडाध्यक्षहरुले कमिसन खाएको स्वीकार गरेको समेत खुलाउनुभएको छ । तर, उहाँले कुन कुन वडाध्यक्षले स्वीकार गरेको हो भन्ने विषयमा खुलाउनु भएको छैन । नेकपा एमालेबाट निर्वाचित खरेलकै पार्टीका जनप्रतिनिधिहरुको नगर कार्यपालिकामा बहुमत छ ।
खरेलले कार्यक्रममा सम्वोधन गर्दै भन्नुभयो– ‘८–१० लाखको कल्र्भट बनाउन २५–३० लाख रुपैयाँ विनियोजन हुन्छ, वडाअध्यक्ष र कर्मचारीले आफ्नो व्यवस्थापनका लागि १५ लाखसम्म खर्चको मार्जिन राख्ने गरेको पाइएको छ ।
निर्वाचनताका आफुले भ्रष्टचार र कमिसनको खेलमा नलाग्ने प्रतिज्ञा गरेको स्मरण गर्दै नगरप्रमुख खरेलले नगरमा हुने कमिसन र भ्रष्टचार नियन्त्रण गर्ने आफ्नो प्रयास जारी रहेको बताउनुभएको छ । कुन वडाध्यक्ष र कर्मचारीले कति कमिसन लिएर विकासका योजना दिएको भन्ने बारेमा खुलेको छैन । नगरप्रमुख खरेलले गम्भिर आरोप लगाइरहँदा नगरपालिकाका कर्मचारी र वडाध्यक्षहरुले कुनै धारणा सार्वजनिक गरेका छैनन् ।
नगरप्रमुख खरेलले के भन्नुभएको थियो ?
एउटा कल्र्भट बनाउन चाँही मेरो हिसाबले बनाउने हो भने ८ –१० लाखमा ठूलै राम्रो कल्र्भट बन्छ, त्यसको बजेटको स्टमेट २५–३० लाख स्टमेट हुँदोरहेछ । अनि त्यो नगरौं न यो कल्र्भटमा कति खर्च हुन्छ, मान्छे लगाउँ काम गरौं, काम गरेपछि स्टमेट गरेर गरांै भन्दा त्यो नमिले रैछ । त्यो कारण के हो भन्दा अप्ठ्यारो रैछ । जनप्रनिधिले त्यहीँबाट लिनु पर्ने र अनि कर्मचारीले पनि त्यहीँबाट ब्यवस्था मिलाउनु पर्ने रैछ । मैले बुझेको छङ्ग त्यही हो । मैले जनतालाई जानकारी गराउनै पर्छ । मैले प्रतिज्ञा गरेको छु,मैले एक रुपैयाँ पनि तलमाथि गर्दिन भनेको छु । गर्न नदिन कति सक्छु, म खबरदारीमा छु । जनप्रतिधि जहाँसम्म लाग्छ धेरै जना वडाध्यक्षहरुले स्वीकार गरिसक्नुभएको छ । किन भने वास्तमा आमाको दुध खादा भएन बुबाको घुँडो चुस्ने की के भन्छन् नि । आफ्नो खेतीपाती, कमाई, ब्यवहार,ब्यवसाय, विजनेश कमाउने नै हो भने किन यता लाग्ने ? कमाउन ब्यवसायमा लाग्दा भयो त । अहिले पनि पाटो छ । म मेयर भएको छु, ब्यवसाय पनि गर्न पाउँछु त ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय