उर्लाबारी । उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलले जनप्रतिनिधि र कर्मचारीले योजनामा कमिशन लिने गरेको रहस्य सार्वजनिक गर्नुभयो ।
पौष १ गते उर्लाबारी वडा नं. २ को कार्यालयमा आयोजित जनतासँग जनप्रतिनिधि कार्यक्रममा मैले जनतालाई जानकारी गराउनै पर्छ भन्दै नगरप्रमुखले ८–१० लाखको योजनामा २५–३० लाखको स्टमेट बनाएर जनप्रतिनिधि र कर्मचारीले आफ्नो ब्यवस्था मिलाउने गरेको रहस्य सार्वजनिक गर्नुभएको हो । उक्त रहस्य नगरप्रमुख खरेलले सार्वजनिक गरेपछि उहाँ निर्वाचित भएको नेकपा एमालेभित्रैबाट हचुवाको भरमा नबोल्न भनिएको जानकार स्रोत बताउँछ । पूर्वी कमाण्डलगायतमा अनलाइनमा नगरप्रमुख खरेलको सोही भनाईको आधारमा जनप्रतिनिधि र कर्मचारी कमिशन प्रकरण बारेमा समाचार प्रकाशन नभएपछि नगरप्रमुख खरेल अतिरन्जित गरेको भन्दै पञ्छिने खोज्नुभएको छ । सोमबार राति नगरप्रमुखको सचिवालय उर्लाबारीमार्फत खरेलले आफ्ना धारणा सार्वजनिक गर्नुभएको हो । ‘उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले जनप्रतिनिधि र कर्मचारी कमिसनखोरी भएको आरोप लगाए भनेर त्यसलाई सनसनिखेज र अतिरञ्जना गर्ने काम एकाथरीबाट भइरहेको छ’ सचिवालयमा भनिएको छ ।
‘तीन साताअघि एउटा कार्यक्रममा नगर प्रमुखज्युले प्रसंगवस प्रवृतिका कुरा उठान गर्नुभएको हो । कसैलाई नामै तोकेर लाञ्छित गरेको अवस्था होइन । फेरि नगर मातहतका कर्मचारी वा जनप्रतिनिधि कसैलेपनि उल्लेखित विषयमा कुनै धारणा व्यक्त नगरेको हुँदा यस कुरालाई अतिरन्जित नबनाउनु हुन सम्बन्धित सबैमा अनुरोध गर्दछौ ।’ सचिवालयमा पोष्ट गरिएको छ ।
उहाँले धेरै जसो वडाध्यक्षहरुले कमिशन खाएको स्विकार गरेको समेत खुलाउनुभएको थियो । तर, नाम सार्वजनिक गर्न सक्नुभएन । स्थानीय भन्छन्–‘जनताबाट निर्वाचित जनप्रतिनिधिहरु कमिशनमा लिप्त छन् भने उनीहरुका बारेमा भण्डाफोर गर्नु पर्छ । तर, नगरप्रमुख जस्तो जिम्मेवार ब्यक्तिले आरोप लगाएर अहिले अतिरन्जित भयो भन्नु लाचारीपन हो ।’
नगरप्रमुख गंगाप्रसाद खरेलले के भन्नुभएको थियो त ?
एउटा कल्र्भन बनाउन चाँही मेरो हिसाबले बनाउने हो भने ८ दश लाखमा ठूलै राम्रो कल्र्भट बन्छ, त्यसको बजेटको स्टमेट २५ तीस लाख स्टमेट हुदोरहेछ । अनि त्यो नगरौं न यो कल्र्भटमा कति र्खच हुन्छ, मान्छे लगाउँ काम गरौ भन्दा काम गरेपछि स्टमेट गरेर गरौ भन्दा त्यो नमिले रैछ । त्यो कारण के हो भन्दा अप्ठयरो रैछ । जनप्रनिधिले त्यहीबाट लिनु पर्ने र अनि कर्मचारीले पनि त्यहीँबाट ब्यवस्था मिलाउनु पर्ने रैछ । मैले बुझेको छङ्ग त्यही हो । मैले जनतालाई जानकारी गराउनै पर्छ । मैले प्रतिज्ञा गरेको छु, मैले एक रुपैयाँ पनि तलमाथि गर्दिन भनेको छु । गर्न नदिन कति सक्छु, म खबरदारीमा छु । जनप्रतिधि जहाँसम्म लाग्छ धेरै जना वडाध्यक्षहरुले स्वीकार गरिसक्नुभएको छ । किन भने वास्तमा आमाको दुध खादा भएन बुबाको घुडो चुस्ने की के भन्छन् नि । आफ्नो खेतीपाती, कमाई, ब्यवहार,ब्यवास विजनेश कमाउने नै हो भने किन यता लाग्ने । कमाउन ब्यवसायमा लाग्दा भयो त । अहिले पनि पाटो छ । म मेयर भएको छु, ब्यवसाय पनि गर्न पाउँछु त ।
नगरप्रमुख खरेलले यतिकुरा बाहिर ल्याएपछि ती कर्मचारी र जनप्रतिनिधिहरुका बारेमा पनि सार्वजनिक गर्नु पर्छ । कसले कति कमिसन खाए ? यो बारेमा प्रष्ट पार्नुपर्छ । त्यस्ता जनप्रतिनिधिलाई सामाजिक बहिस्कार गर्नु पर्छ । होइन हचुवाको भरमा बोलेको भए नगरप्रमुख खरेलले माफी माग्नु पर्दैन ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय