उर्लाबारी । मोरङको उर्लाबारीमा यही माघ १९ देखि २८ गतेसम्म सञ्चालन हुने १० दिने प्रादेशिक औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव – २०७९ लाई भव्य रुपमा सफल पार्न सरोकारवालासँग छलफल गरिएको छ ।
उर्लाबारी उद्योग वाणिज्य संघ उर्लाबारी–५ ले मंगलबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी महोत्सवको विषयमा छलफल गरेको हो । छलफलमा उर्लाबारी नगरपालिका प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिना खतिवडा पौडेल, नेकपा एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बाँस्तोला, नेकपा माओवादी केन्द्र उर्लाबारीका सचिब पवन चौधरी, राप्रपा उर्लाबारीका अध्यक्ष देवीप्रसाद दाहाल, नेकपा एकीकृत समाजवादीका सचिब चन्द्रप्रसाद भट्टराई, जसपा उर्लाबारीका अध्यक्ष मात्रिका धिमाल इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन थापा, सशस्त्र प्रहरी बेश क्याम्प उर्लाबारीका प्रहरी निरीक्षक मनोज निरौला, होटल तथा पेय पदार्थ व्यवसायी संघका अध्यक्ष मनोहरी दाहाल, सञ्चार क्लबका अध्यक्ष नवराज भट्टराई, पूर्व अध्यक्ष तथा सल्लाहकार तेजकुमार रिजाल, प्रितम खड्गीलगायतले उर्लाबारीको नाम र पहिचानलाई प्रबद्र्धन गर्न महोत्सवलाई भव्यताका साथ सफल पार्नु पर्ने धारणा राख्नुभयो । उर्लाबारीको पहिचान झल्किने सामग्रीहरुको प्रदर्शनीमा जोड दिँदै बिभिन्न जातजातिका परिकार, रहनसहनलाई पनि प्रबद्र्धन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ । महोत्सव स्थानीय औद्योगिक सामाग्रीहरुको प्रचारप्रसार र उर्लाबारीको पहिचानका लागि संचालन हुने भएकाले यसलाई सफल पार्न उर्लाबारीबासीकै भूमिका रहने संघका पुर्व अध्यक्ष प्रितम खड्गीले बताउनुभयो । उर्लाबारी – ४ स्थित नगरपालिका कार्यालय पूर्वपट्टि करिब दुई बिगाहा क्षेत्रफलमा सञ्चालन हुने महोत्सवमा १५० वटा स्टल रहने महोत्सवका कार्यक्रम संयोजक तथा संघका पुर्व अध्यक्ष भरत भट्टराईले जानकारी दिनुभयो । उर्लाबारीमा यस पटक महोत्सवलाई भव्यताका साथ सफल पार्न उद्योग वाणिज्य संघले तयारीलाई तिब्र पारेको अध्यक्ष शेरबहादुर भण्डारीले जानकारी दिनुभयो । महोत्सवले यहाँका पर्यटकीय क्षेत्र र उत्पादिन सामाग्रीको प्रचारप्रसारमा ठुलो सहयोग पुग्ने भएकाले महोत्सवको प्रचारप्रसारमा सबै लाग्नुपर्नेमा संघका महासचिब हेमराज गुरुङले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय