उर्लाबारी । मोरङको उर्लाबारी–४ र ५ मा पर्ने स्कुलडाँडा उत्तर कृषि मार्ग सडकमा टिपर आंतक बढेको भन्दै स्थानीयबासीले बोर्ड नै राखेर टिपर, ट्याक्टर, ट्रक प्रवेशमा रोक लगाएका छन् ।
सडक भत्किएर बेहाल बनेको र टिपर आंतक बढेकाले बाध्य भएर प्रवेशमा रोक लगाउनु परेको स्थानीय युवा विशाल प्रधानले बताउनुभयो । बिहीबारदेखि टिपर, ट्याक्टर, ट्रक प्रवेशमा रोक लगाइएको उहाँको भनाई छ । तीब्र गतिमा टिपर सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढेको र सडक बेहाल बनेकाले धुलोले हैरानी ब्यवहोर्नु परेको स्थानीयबासी बताउँछन् । स्थानीयबासीहरुले उर्लाबारी नगरपालिका र टिपर ब्यवसायीहरुलाई समेत सो बारे जानकारी गराइसकेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय