उर्लाबारी । प्रदेश नं. १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समय सीमा आइतबार साँझ ५ बजे सकिँदैछ ।
एमालेका हिक्मत कार्की मुख्यमन्त्री बन्दै हुनुहुन्छ । सत्ता गठबन्धनले मुख्यमन्त्रीमा उहाँलाई अगाडि सार्ने भएको छ ।पुस १७ गते प्रदेश प्रमुखले १ हप्ताको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न आह्वान गर्नुभएको थियो । अहिलेको सत्ता गठबन्धनमा ६० सांसद रहनुभएको छ । एमाले ४०, माओवादी केन्द्र १३, राप्रपा ६ र जसपाका १ सांसद रहनुभएको छ ।
प्रदेश प्रमुख कहाँ पेश गर्नका लागि हस्ताक्षर भने नसकिएको सांसदहरूले बताएका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफलपछि लगत्तै हस्ताक्षर गरिने बताइएकोछ ।























