विराटनगर । प्रदेश १ काे सभामुख पुस २८ गते चयन हुने भएका छन् । उपसभामुखकाे भने २९ गते गर्ने नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।आज संसद सचिवालयमा बसेकाे सर्वदलीय बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
भण्डारीले दिएकाे जानकारी अनुसार सभामुखकाे निर्वाचन कार्यतालिका २६ गते सार्वजनिक हुने छ । सभामुख माओवादी केन्द्रले पाउने सत्तारूढ दलले सहमति गरेका छन् । माओवादी केन्द्रबाट सभामुखमा ओखलढुंगाका बाबुराम गाैतम र संखुवासभाका राजेन्द्र कार्कीले दाबी गरेका छन् ।























